ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले ग्लोबल आइएमई बैंकले बैंकिङ क्षेत्रको १० प्रतिशत हिस्सा ओगट्ने दाबी गरेका छन् ।
सोमवार काठमाडौंमा भएको ग्लोवल आईएमई बैंक र बैंक काठमाण्डुबीचको एकीकृत कारोबार शुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले ग्लोबल आइएमईले मुलुकको बैंकिङ प्रणालीको आधारमा बजार हिस्सा १० प्रतिशत ओगट्ने देखिएको बताएका हुन् ।
साथै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका ढकालले अधिकांश वित्तीय सूचकमा ग्लोबल आइएमई बैंक नेपालकै पहिलो बैंक बन्न सफल भएको पनि बताएका छन् । केही वर्ष अघिसम्म मुलुकको ठूलो बैंकको कल्पना कसैले नगरेको तर, यो मर्जरले त्यसलाई साकार गरेको उनको भनाई छ ।
मर्जर पश्चात् बैंकको कुल पुँजी ५७ अर्ब, चुक्ता पुँजी ३५ दशमलव ७७ अर्ब, कुल निक्षेप ४०८ अर्ब, कुल कर्जा ३७६ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ । मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ ।































प्रतिक्रिया