सुनको मूल्य घट्यो, चाँदीको स्थिर

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

केन्द्रबिन्दु
0
Shares

साताको चौथो कारोबार दिन बुधबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ।

मंगलबार प्रतितोला चार सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।

Skip This
Skip This
Logo