नेपालमै पहिलोपटक पानासोनिक लाइफ सोलुसन्स इन्डियाको शोरुम संचालनमा

नेपालमै पहिलोपटक पानासोनिक लाइफ सोलुसन्स इन्डियाको शोरुम संचालनमा

केन्द्रबिन्दु
0
Shares

भारतमा विद्युतीय निर्माण सामाग्री (इसिएम) को सबैभन्दा ठूलो घरेलु उत्पादक मध्ये एक पानासोनिक लाइफ सोलुसन्स इन्डीयाले नेपालमा पहिलो पटक शोरुम संचालनमा ल्याएको छ । कम्पनीले सार्क क्षेत्रमै २१औं र नेपालमा पहिलो एक्सक्लुसिभ हाउजिङ सोलुसन फ्रेन्जाइज सोरुम संचालनमा ल्याएको हो । 

इसिएम स्पेस बाहेक कम्पनीले भारतमा विभिन्न प्रकारका स्मार्ट इलेक्ट्रोनिक्स, पावर, हाउजिङ, इनर्जी र होम अटोमेसन सोलुसनमा काम गर्दै आएको छ । अत्याधुनिक उत्पादन डिजाइनका साथ शोरुमले उत्कृष्ट–स्तरीय मोड्युलर किचेन्स, वार्डरोब, इलेक्ट्रोनिक ट्वाइलेट सिट (इटिएस), लुगा सुकाउने प्रणाली, रिभोल्भिङ सुज -याक जस्ता उन्नत पानासोनिक हाउजिङ सोलुसन जस्ता आकर्षक छनौट सहितका उत्पादनहरु सोरुममा उपलव्ध गराउने छ । 

कम्पनीले अर्को पुस्ताको प्रविधिको अनुभव लिन सहज वनाउँदै आवासीय, व्यवसायिक र औद्योगिक क्षेत्रका लागि जुत्ता -याक र सिटेड शावर जस्ता उत्पादन पनि ल्याउने छ । प्राविधिक ज्ञान भएका उपभोक्ता माझ नवीन आवास समाधानहरुको माग बढ्दै गईरहेको छ । सहरी उपभोक्ताहरुलाई लक्षित गर्दै समग्रमा फस्र्ट–ह्याण्ड अनुभव मार्फत नवीन घरेलु समाधानहरु प्रदान गर्ने कम्पनीले लक्ष्य राखेको छ ।

पानासोनिक होम एण्ड लिभिङका लागि काठमाडौंको सोरुम रुक्मणी इन्टरनेशनल फ्रेन्चाइजीका साझेदार आदित्य बुधियाले भने- 'रुक्मणी इन्टरनेशनल नयाँ साझेदारीबाट निकै उत्साहित छ । पानासोनिक लक्जरी कलस किचेन्सहरु एशियाली घरहरुका लागि साँच्चै एशियाली किचनहरु हुन्, जसले राम्रो डिजाइन गरिएका गुणस्तरीय किचनहरुमा कार्यक्षमता खोज्ने ग्राहकहरुको माग पुरा गर्ने छ । पानासोनिक लिभिङ स्टोर रुक्मणी इन्टरनेशनल, तारा भवन, प्रकास फार्मेसी नजिकै टेकुमा रहेको शोरुममा हाम्रो उतपादनको डिस्प्ले गरिएको छ र हामि ब्रान्डका लागी ठुलो अपेक्षाका साथ प्रतिक्षा गरिरहेका छौं ।'

काठमाडौंका ग्राहकहरुले अब सहरको मध्य भागमा रहेको शोरुमः पानासोनिक लिभिङ स्टोरको टेकुमा प्रकाश फार्मेसीसंगै रहेको तारा भवनमा रुक्मणी इन्टरनेशनलमा ग्राहकले भ्रमण र अनुभव गर्न सक्नेछन् । 

Skip This
Skip This
Logo