आज सुनको मूल्य बढ्दा चाँदी भने घट्यो

आज सुनको मूल्य बढ्दा चाँदी भने घट्यो

केन्द्रबिन्दु
0
Shares

साताको पाँचौ कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

बुधबार तोलामा तीन सय रुपैयाँ घटेको सुनको मूल्य बिहीबार भने प्रतितोला दुई सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार सात रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने घटेको छ। बुधबार प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo