साताको अन्तिम कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ।
बिहीबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य शुक्रबार प्रतितोला पाँच सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।































प्रतिक्रिया