लक्ष्मी बैंकको साधारण सभा सम्पन्न, सेयरधनीले पाएनन् लाभांश

लक्ष्मी बैंकको साधारण सभा सम्पन्न, सेयरधनीले पाएनन् लाभांश

केन्द्रबिन्दु
0
Shares

लक्ष्मी बैंकको साधारण सभा सम्पन्न भएको छ । सभा पुस २८ गते कमलपोखरी स्थित अग्रवाल भवनमा सम्पन्न भएको हो । बैंकले बाइसौं वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८-०७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु (सहायक कम्पनी समेत) छलफल गरी स्वीकृत गरेको छ ।
सभाले बैंकको लेखा परीक्षण समितिको सिफारिश वमोजिम आर्थिक वर्ष २०७९-८० को लागि लेखा परीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण समेत गरेको छ ।

सभाले लक्ष्मी बैंक र अन्य कुनै उपयुक्त बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा बैंकले अन्य कुनै संस्थालाई प्राप्ती गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई दिइएको अख्तियारी लाई निरन्तरता दिने प्रस्ताव पारित समेत पारित गरेको छ ।

यस आर्थिक वर्षमा बैंकले १ अर्ब ५१ करोड रुपैंया खुद मुनाफा आर्जन गरेको छ ।
 

Logo