काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको विवाद समाधानका लागि ६ सदस्यीय समिति गठन भएको छ।
विवाद टुंग्याउन महासंघले ६ सदस्यीय समिति गठन गरेको हो । आज महासंघको केन्द्रीय समिति बैठक बसेको थियो । बैठकले निर्वाचनको मोडालिटीबारे अध्ययन गर्न समिति बनाएको हो ।
समितिमा डिबी बस्नेत, अरुण सुमार्गी, विनोद ढकाल, सुनीलगोपाल श्रेष्ठ, भरत आचार्य र रञ्जित आचार्यलाई राखिएको छ । यो समिति मोडालिटीबारे अध्ययन गर्न १५ दिनभित्र अध्ययन सक्नु पर्नेछ ।





























प्रतिक्रिया