पेयपदार्थ पेप्सीको आधिकारिक बिक्रेता बरुण बेभरेज प्रालिले एकै वर्ष ८ अर्बको व्यापार गरेको छ ।
कम्पनीका अनुसार सन् २०२२ मा ८ अर्ब २ करोड ४० लाख (अपरिष्कृत) व्यापार भएको हो । कम्पनीले २२ प्रतिशतले ह्वात्तै कारोबार बढाएको हो । सन् २०२१ मा कम्पनीले ६ अर्ब ५४ करोड २० लाख परिष्कृत आम्दानी गरेको थियो ।
यस कम्पनीले पेप्सी, माउन्टेन डिउ, स्लाइस, मिरिन्डा, सेभेन अप, अक्वाफिना, सोडाजस्ता ब्रान्डका सफ्ट ड्रिङ्कसहरुको उत्पादन गर्दै आएको छ।
कम्पनीको आम्दानीमा वृद्धि भएता पनि नाफामा भने गिरावट आएको छ । गत वर्ष कुल आम्दानीको २६.३ प्रतिशत रहेको सो नाफा यो वर्ष २१.२ प्रतिशतमा खुम्चिएको हो । भारतको वरुण बेभरेज लिमिटेडको सहायक कम्पनी वरुण बेभरेज नेपालले अल्पकालीन कर्जाका लागि २ अर्ब ४८ करोड ८० लाख रुपैयाँको रेटिङ गराएको छ ।































प्रतिक्रिया