आज कतिमा कारोबार भइरहेको छ सुनचाँदी ?

आज कतिमा कारोबार भइरहेको छ सुनचाँदी ?

केन्द्रबिन्दु
0
Shares

सुनको मूल्य सोमबार तोलामा २ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ ।यसअघि आइतबार छापावाल सुन तोलाको १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । आइतबार तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो ।

यता, सोमबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य १३ सय ९० रुपैयाँ कायम रहेको थियो ।

Logo