एनआईसी एशिया बैंकको वार्षिक साधारण सभा सम्पन्‍न, कुन-कुन प्रस्ताव पारित भए ?

एनआईसी एशिया बैंकको वार्षिक साधारण सभा सम्पन्‍न, कुन-कुन प्रस्ताव पारित भए ?

केन्द्रबिन्दु
0
Shares

एनआईसी एशिया बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

काठमाडौंको तिलगंगास्थित होटल आनन्द प्रा.लि. (आरोग्यहल) मा सम्पन्न भएको बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगदप्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन/थप गर्ने प्रस्ताव पारित गरेको छ । 

साथै सो सभाले सञ्चालक समितिको ५७१औं बैठकको निर्णयानुसार सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालकमा कैलाली वसौटी–६ का केशवप्रसाद लम्साललाई नियुक्त गरेको निर्णयलाई अनुमोदन समेत गरेको छ ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहितशाखा सञ्जाल विस्तार गरेको छ । 

Skip This
Skip This
Logo