बीग मार्टमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट

बीग मार्टमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट


विद्युतीय कारोबारलाई प्रवर्द्दन गर्ने उद्देश्यका साथ स्मार्ट क्यूआरले बीग मार्टसँग सहकार्य गरेर हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको छ ।

यस अफरअन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम १ सय ५० रूपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

स्मार्ट क्यूआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले बीग मार्टको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् । यस अफरअन्तर्गत बीग मार्टको सम्पूर्ण शाखामा एन आई सी एशिया मो बैंक, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

Logo