स्वस्तिक आयल इन्डस्ट्रिजलाई भन्सार कार्यालयद्वारा सम्मान

स्वस्तिक आयल इन्डस्ट्रिजलाई भन्सार कार्यालयद्वारा सम्मान

केन्द्रबिन्दु
0
Shares

केएल दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रालिलाई विराटनगर भन्सार कार्यालयले राजस्व संकलनमा सबैभन्दा बढी योगदान पुर्याएको भन्दै सम्मान गरेको छ।

आव २०७८–७९ मा सो कार्यालयका राजस्व संकलनमा सबैभन्दा बढी योगदान पुर्याएको चर्चा गर्दै उक्त कार्यको उच्च कदरसहित अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा प्रशंसा पत्र प्रदान गरिएको थियो। साथै भन्सार कार्यालयले बिगतमा जस्तै आगामी दिनमा पनि राजस्व संकलनमा सहयोग रहने अपेक्षा गरेको कुरा सम्मान पत्रमा उल्लेख गरेको छ। 

कम्पनीका अनुसार स्वस्तिक आयल इन्डस्ट्रिज, स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ, सन्फ्लो सन्फ्लावर आयल जस्ता उत्कृष्ट ब्रान्डहरु उत्पादन गर्ने कम्पनी हो र बिगतका वर्षहरुमा पनि उत्कृष्ट निर्यात गर्ने कम्पनीको रुपमा सम्मानित हुँदै आएको कम्पनी हो ।

Skip This
Skip This
Logo