डिजिटलाईजेसनमा बैंकिङ क्षेत्रकै नेतृत्व गर्न सफल नबिल बैंकले मोबाइल बैंकिङ एपलाई अझ परिस्कृत गर्दै लगेको छ ।
नबिलले नेपालमा नै पहिलो पटक एन बैंक अर्थात नियो बैंक सञ्चालनमा ल्याएसँगै उपभोक्ताको ध्यान यस बैंक तर्फ केन्द्रीत हुन थालेको छ । गत पुस ७ गते बैंकले एक कार्यक्रमकाबीच एन बैंकको शुभारम्भ गरेको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाका अनुसार बैंकले एन बैंकका लागि छुट्टै विभाग नै खडा गरेको छ ।
अत्यावस्यक अवस्था बहेका ग्राहकहरु अन्यबेला ब्राञ्चमा पुग्नु नपरोस भन्ने हेतुले संचालनमा ल्याइएको सो एपले, एप मात्रै नभइ एउटा शाखाकै रुपमा सेवा दिने गरेको छ । जुन भौतिक रुपमा नभएपनि हरेक ग्रहाकको हातहातमा छ । आम उपभोक्तालाई सेवा प्रदान गर्न बैंकले एनबैंकलाई एक छुट्टै भर्चुअल शाखाको रूपमा स्थापना गरेको हो ।
एनबैंकले जनताको बैंकिङ व्यवहारमा परिवर्तन ल्याउने र दीगो बैंकिङमा महत्वपूर्ण योगदान पु-याउने नबिल बैंकको विश्वास रहेको छ । उक्त एपको सेवाहरु प्रयोग गरेकार ग्राहकहरुले मोबाईलबाटै खाता खोल्न, निक्षेप, ऋण, भुक्तानीजस्ता सबै परम्परागत बैंकिङ सेवाहरू लिन सक्ने छन् । अझ सरल भाषमा भन्ने हो भने उपभोक्ताले बैंकमा गएर प्रप्त गर्न सम्पुर्ण सेवाहरु अब एप मार्फत नै पाउन सक्नेछन् । एन बैंकको प्रयोगबाट ग्राहकले खाता खोल्ने मात्रै हैन डिजिटल ऋण प्राप्त गर्नेसम्मका सेवाहरु समेत पाउन सक्नेछन् ।
एन बैंकको उपयोग कसरी गर्ने ?
एनबैंक (नियो बैंक) मोबाइल बैंकिङ एपलाई पूर्ण रूपमा परिमार्जन गरेर नेपालमा पहिलो पटक नबिल बैंकले सुरु गरेको डिजिटल बैंक हो । यस पहिले नै नबिल स्मार्टबैंक एप प्रयोग गरिरहेका ग्राहकहरूले अपडेट प्राप्त गर्छन् जहाँ लोगो ‘ए’ बाट एनबैंकको ‘एन’ मा परिणत हुन्छ ।
यसबाहेक, नयाँ र आधुनिक प्रयोगकर्ता इन्टरफेस प्रदान गर्न एपको लुक एण्ड फिल अपडेट गरिएको छ । नबिल बैंकमा खाता नखोलेका ग्राहकले पनि अब आफ्नो मोबाइलमा रहेको एनबैंक एपबाट बैंक खाता खोल्न सक्नेछन् । एनबैंकमार्फत् ३० सेकेन्डमै खाता खोल्न सकिने नबिल बैंकको दाबी छ ।
यस्ता छन् एन बैंकका विशेषताहरुः
१. ३० सेकेन्ड मै खाता खोल्न सकिने
एनबैंक एपबाट ३० सेकेण्ड भित्रै एनसेभिङ् खाता खोल्न सकिनेछ । खाता खोल्न ग्राहकले आफ्नो नाम, जन्म मिति, इमेल ठेगाना, मोबाइल नम्बर र नागरिकता नम्बर मात्र भर्नुपर्नेछ । खोलिएको खाता ग्राहकहरूले आफ्नो केवाईसी अद्यावधिक गर्नुभन्दा पहिले १५ दिनको लागि सञ्चालन हुनेछ, जुन उनीहरूले आफ्नो एनबैंक एपबाट सिधै गर्न सक्नेछन् ।
२. डिजिटल ऋण
ग्राहकहरूले आफ्नो एनबैंक एपबाट सिधै ऋणको लागि डिजिटल आवेदन दिन सक्छन् । नबिल फोन लोन र लोन अगेन्स्ट फिक्स डिपोजिट गरी दुई प्रकारका डिजिटल ऋण लिन सकिनेछ । ग्राहकले आफ्नो ६ महिनाको कारोबार इतिहासको आधारमा नबिल फोनलोन प्राप्त गर्न सक्छन् । बैंकको एल्गोरिदमले उपयुक्त क्रेडिट सीमा निर्धारण गर्दछ र योग्य ग्राहकहरूले ऋणको लागि दर्ता गर्न सक्छन् र ग्राहकको एनबैंक एपबाट सीधै तोकिएको सीमासम्म आवेदन दिन सक्छन् । यसको लागि बैंक धाउनुपर्ने, अन्य कुनै कागजी कार्य गर्नुपर्ने छैन ।
३. एन–रेमिट
नेपाल भित्र पैसा पठाउने बाहेक, विदेशमा बस्ने ग्राहकहरूले एनरेमिट छनोट गरेर आफ्नो मास्टरकार्ड वा भिसा कार्डहरू प्रयोग गरेर आफ्नो अन्तर्राष्ट्रिय बैंकहरूबाट सिधै नबिल बैंकको खातामा पैसा पठाउन सकिनेछ । प्रेषक र प्रापक विवरणहरू सहित (यूएसडीमा) पठाइने रकम सहितको फारम मात्र भरे पुग्नेछ । प्राप्तकर्ताले केही सेकेन्डमा नबिल बैंक खातामा पैसा सिधै प्राप्त गर्न सक्नेछ ।
४. अन्तर्राष्ट्रिय नम्बरबाटै दर्ता सुविधा
विदेशमा बस्ने ग्राहकहरूले आफ्नो अन्तर्राष्ट्रिय मोवाइल नम्बर प्रयोग गरी एनबैंक एपमा दर्ता गर्न र आफ्नो नबिल बैंक खाता सञ्चालन गर्न सक्नेछन् । विदेशमा बस्ने ग्राहकहरूले नबिल बैंकबाट एसएमएस अलर्ट, ओटीपी, सूचनाहरू र समाचार र अलर्टहरू पनि प्राप्त गर्नेछन् ।
५. २४ सै घण्टा सातै दिन सेवा
बैंकले आफ्ना ग्राहकलाई बैंकको कस्टमर केयर सेन्टर र भिडियो केवाइसी मार्फत् २४ सै घण्टा सेवा प्रदान गर्नेछ । एनबैंकको कुनै सेवा प्रयोग गर्दा आउन सक्ने समस्यालाई तुरुन्तै समाधान गर्ने मनसायले यो सुविधा सञ्चालन गरेको छ ।
यस बाहेक पनि ग्राहकहरुले आफ्नो एपबाट सीधै बैंकिङ सेवाहरूको होस्टका लागि आवेदन दिन सक्छनः
डेविट कार्डका लागि एन बैंकबाट नै आवेदन दिन सकिने छ ।
डेविट कार्ड रिन्यु गर्न पनि एन बैंकबाटै व्यवस्था गरिएको छ । एन बैंकबाट आफुलाई सहज पर्ने शाखामा निवेदन दिएर डेविट कार्ड प्रतिस्थापन गर्ने सकिने छ ।
नेपाल राष्ट्र बैंकको नियमनमा रहेर बैंकले तोकेका प्रक्रियाहरु पुरा गरे पश्चात घरमै बसीबसी क्रेडिट कार्डका लागि प्रक्रिया पुरा गरी नजिकैको शाखामा गएर क्रेडिट कार्ड लिन सकिने व्यवस्था गरिएको छ ।
व्यक्तिले आफूलाई आवश्यक ऋण पनि घरमै बसीबसी माग गर्न सकिने व्यवस्था यस एन बैंकले गरेको छ । आवश्यक प्रक्रिया पुरा गरे पश्चात् बैंकको खातामा मै आउने व्यवस्था मिलाइएको छ ।





























प्रतिक्रिया