एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोनको इलेक्ट्रिक भ्यान नेपाली बजारमा भित्र्याएको छ। १४ र १७ सिट क्षमतामा उपलब्ध यी भ्यान कम खर्चका साथै वातावरणमैत्री भएको दाबीका साथ नेपाल ल्याइएको हो ।
कम्पनी स्रोतका अनुसार यो इलेक्ट्रिक भ्यानमा ५०.२३ किलोवाट आवरको व्याट्री प्याक जडान गरिउको छ । जसलाई एकपटक फूल चार्ज गर्दा २३५ किलोमिटर रेन्ज पाउन सकिने दावी गरिएको छ । यसको पावर ८५ किलोवाट र टर्क २९० एनएम रहेको छ ।
दैनिक यातायातको लागि प्रयोग गर्न सहज र सुलभ हुने यी इलेक्ट्रिक भ्यानहरु सैक्षिक संस्था, होटेल, रुट, ट्राभल्स एण्ड टुर्स र अन्य संस्थाहरूका लागि उपयुक्त हुने कम्पनीको दाबी छ । सन् २०३० सम्ममा शतप्रतिशत विद्युतीय गतिशीलता हासिल गर्ने सरकारको लक्ष्य पूरा गर्ने दिशामा पनि यो एउटा महत्वपूर्ण छ ।
तर हालसम्म यो इलेक्ट्रिक भ्यानको मूल्य भने सार्वजनिक भएको छैन । अवको केही दिनपछि भ्यानहरुको औपचारिक विक्री शुरु हुने र सोही समयमा मूल्यसमेत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।





























प्रतिक्रिया