काठमाडौँमा जावा मोटरसाइकलको विन्टर सर्भिस क्याम्प सञ्चालन हुने भएको छ । नेपालका लागि आधिकारिक वितरक अग्नी मोटो इंक प्रालिले सामाखुसीस्थित सर्भिस सेन्टरमा मंगलबारबाट सर्भिस क्याम्प आयोजना गर्न लागेको हो ।
३ दिनसम्म चल्ने सो क्याम्पमा मोटरसाइकलको सर्भिसिङ गराउँदा लाग्ने लेवर चार्जलाई निशुल्क गर्ने व्यवस्था गरिएको छ । साथै स्पेयर पार्ट्स, एसेसोरिज र इन्जिन आयलमा १० प्रतिशत छुटको व्यवस्था मिलाइएको छ । यस मोटरसाइकल प्रयोग गर्ने ग्राहकले आफ्नो मोटरसाइकलको एफआई र डिटिसी स्क्यान निशुःल्क गराउन सक्नेछन् ।
क्याम्प भिजिट गर्ने हरेक ग्राहकले सर्भिस डिस्काउन्ट कुपनको साथै लक्कि ड्र मार्फत अन्य धेरै कुपन समेत प्राप्त गर्न सक्नेछन् । साथै जावाको राइडिङ ज्याकेट र हेल्मेट खरिद गर्दा ग्राहकले आकर्षक छुट पाउने छन् भने स्प्रे किटमा २२ प्रतिशत छुटको व्यावस्था समेत मिलाइएको छ ।
हरेक दिन तीन जना भाग्यशाली विजेतालाई लक्कि ड्र मार्फत आकर्षक उपहार दिइने पनि कम्पनीले जनाएको छ ।































प्रतिक्रिया