आज दोहोरो अंकले घट्यो सेयर बजार

आज दोहोरो अंकले घट्यो सेयर बजार

केन्द्रबिन्दु
0
Shares

साताको दोस्राे कारोबार दिन सोमबार सेयर बजार घटेको छ । नेप्से परिसूचकमा ४१.०१ अंकले ओरालो लागेर २१२७.५२ विन्दुमा आएर रोकिएको छ । 

आइतबार नेप्से परिसूचकमा १४.६८ अंकले ओरालो लाग्दा ३ अर्बभन्दा बढी रकमको कारोबार भएको थियाे । साेमबार भने २५६ कम्पनीको  ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर किनबेच हुँदा ३ अर्बभन्दा बढी रकमको कारोबार भएको छ । 

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको करिब १७ करोड रुपैयाँको बिक्री भएको छ। साथै, रिडी हाइड्रो पावर कम्पनीको १० करोड ४८ लााखभन्दा बढीको सेयर कारोबार भएको छ ।

लुम्बीनी जनरल बिमा र आदर्श लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । 

कुल २०४ कम्पनीमा ओरालो लागेको छ भने जम्मा ९ कम्पनीमा उकालो लागेको छ । साेमबार सबै उपसूचकहरू राताम्मै भएको छ । सबैभन्दा धेरै फाइनान्स इन्डेक्स र हाेटल तथा पर्यटनको ३ प्रतिशतले मूल्य घटेको छ । 

Skip This
Skip This
Logo