सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

केन्द्रबिन्दु
0
Shares

साताको तेस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा प्रतितोला पाँच सय रुपैँयाले घटेको छ । सोमबार प्रतितोला एक लाख छ हजार तीन सय रुपैँयामा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैँयामा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार तीन सय रुपैँया छ । यसको मूल्य सोमबार एक लाख पाँच हजार आठ सय रुपैँया थियो ।

त्यस्तै, आज चाँदीको मूल्य सोमबारको तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ६५ रुपैँया कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Logo