सुनको मूल्य कति छ आज ?

सुनको मूल्य कति छ आज ?


काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य आज स्थिर छ । आज रक्षा बन्धन पर्वमा विदा भएकाले मूल्य स्थिर रहेको हो । आइतबार प्रतितोला ३ सयले बढ्दै ९९ हजार ६ सयमा कारोबार भएको थियो ।

गत हप्ता सुनको मूल्य बढ्ने क्रमले निरन्तरता पायो । आइतबार सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार १२ सयले बढेर ९७ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै मंगलबार ७ सयले बढेको सुन बुधबार भने ३ सयले बढेको थियो । विहिबार ५ सयले बढेर सुन प्रतितोला ९९ हजारमा कारोबार भयो । साताको अन्तिम दिन शुक्रबार पनि ९९ हजार ३ सयमा कारोबार भएको थियो ।

मूल्य बढ्दै गए पछि कारोबार भने घटेको छ । सुन बजार सुनसान देखिन्छ ।

Logo