इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले नेपाली पुँजी, सीप र मेहनतलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् ।
मंगलवारबाट राजधानीको भृकुटीमण्डपमा शुरु भएको क्यान इन्फोटेक २०२३ को उद्घाटन समारोहमा बोल्दै प्रमुख कार्यकारी अधिकृत रघुवंशीले उत्पादित उत्पादनको प्रवद्र्धनका लागि सरकारको प्रेरणादायी भूमिका आवश्यक रहेको बताएका हुन् । इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ को टाइटल स्पोन्सर हो ।
स्वदेशी कम्पनीहरुको कमजोरी कोट्याएर गिजोल्नु भन्दा उनीहरुलाई कसरी सफल तथा व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा योगदान गर्नुपर्ने उनको भनाई छ ।
राम्रा स्वदेशी सफ्टवेयरलाई प्रोमोट गर्न सरकारले पहल गर्नुपर्दछ
‘हामी नेपाली संधै वेष्ट पर्फमरको सट्टा वेष्ट कञ्जुमरको रुपमा रहन चाहने संस्कारमा रुमलिरहेका छाैँ । हामी यसबाट चाँडोभन्दा चाँडो मुक्त हुन जरुरी छ । कम्पनीहरुले सरकारको ढोका ढकढकाउने हैन, सरकारी निकायहरुले कम्पनीहरुको ढोका–ढोका गएर समस्याको समाधानको वाटो खोज्नुपर्छ ।’ उनले भने, ‘सरकारको प्रेरणादायी सहयोग तथा सद्भावना भएसम्म कुनै पनि देशले आइटी सेक्टरमा तरक्की गरेको उदाहरण छैन । एउटा व्यक्ति, समूह तथा संस्थाले मुनाफा त कमाउला तर देशले धेरै कुरा गुमाउन सक्छ । अतः नेपाल सरकारले यस संदर्भमा प्रेरणादायी भूमिका निर्वाह गर्न म हार्दिक अनुरोध गर्दछु । यो सम्पूर्ण आइटी इण्डष्ट्रीजको चाहना तथा आवश्यकता हो ।’

२० वर्षअघि ६० हजार रुपैयाँको पूँजिबाट स्थापना भएको इन्फोडेभलपर्स प्रा.लिले हाल ३०० सफ्टवेयर इञ्जिनियर, विजनेस एलाटिट्स, तथा सिष्टम डिजाइनरको जनशक्ती परिचालन गरेर करिव १३०० वित्तिय संस्थाहरुलाई सेवा सुविधा प्रदान गर्दै आएको पनि प्रमुख कार्यकारी अधिकृत रघुवंशीले स्मरण गराए ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाबारे जानकारी दिने उद्देश्यले आयोजित उक्त प्रदर्शनी माघ २९ गतेसम्म चल्नेछ । प्रदर्शनीमा सूचना तथा प्रविधि क्षेत्रका हार्डवेयर, सफ्टवेयर, इन्टरनेट सेवा प्रदायक, मोबाइल तथा मोबाइल एक्सेसरिजलगायत कम्पनीका दुई सयभन्दा बढी स्टल राखिएका छन् ।





























प्रतिक्रिया