‘डिजिटल जग बसाल्न सरकारले भुक्तानी, ई-केवाईसी र कनेक्टिभिटीलाई महत्त्व दिनुपर्छ’

‘डिजिटल जग बसाल्न सरकारले भुक्तानी, ई-केवाईसी र कनेक्टिभिटीलाई महत्त्व दिनुपर्छ’

केन्द्रबिन्दु
0
Shares

नेपालको फिनटेक तथा डिजिटल इकोसिस्टममा हामीले दुई–तीन कुरालाई महत्वका साथ हेर्नुपर्छ । फिनटेक तथा डिजिटल इकोसिस्टम विकासको प्रमुख कारक भनेको कनेक्टिभिटी हो । कोरोना महामारीले पनि डिजिटल इकोसिस्टम विकास धेरै सहयोग गरेको छ । 

फिनटेक वा डिजिटलाइजेसनमा एसिया प्यासिफिक क्षेत्रले अग्रगामी भूमिका निर्वाह गरिरहेको छ । २०२५ सम्ममा भारतको जीडीपीमा ९५० बिलियन डलरभन्दा बढी योगदान फिनटेकको हुने अध्ययनमा देखिएको छ । मलेसियामा पनि फिनटेकले पूर्ण आम्दानीको २० प्रतिशत भाग ओगट्ने अनुमान गरिएको छ । यसरी हेर्दा दक्षिण एसियाले डिजिटलाइजेसनमा अग्रगामी भूमिका निर्वाह गरिरहेको काम सराहनीय छ । नेपालले पनि यस्तो अवसरलाई प्रयोग गरेर फाइदा उठाउनु पर्छ । 

हाम्रो भावी पुस्तासँग सञ्चार तथा अंग्रेजीको राम्रो सीप छ, जसले गर्दा अन्तर्राष्ट्रिय मञ्चमा खरो उत्रिन सक्छन् । भूभागका रूपमा पनि हामी मध्य भागमा भएकाले नयाँ अवसरहरू सिर्जना हुन सक्छन् ।

हाम्रो भावी पुस्तासँग सञ्चार तथा अंग्रेजीको राम्रो सीप छ, जसले गर्दा अन्तर्राष्ट्रिय मञ्चमा खरो उत्रिन सक्छन् । भूभागका रूपमा पनि हामी मध्य भागमा भएकाले नयाँ अवसरहरू सिर्जना हुन सक्छन् । यसका लागि सरकारले राम्रो जग बसाल्नुपर्छ । फिनटेकले देशको अर्थतन्त्रमा महत्व राख्ने हुँदा यसको दिगो पूर्वाधार विकासका लागि राज्यले योजना बनाउनुपर्छ । भारतमा आधार कार्ड सार्वजनिक भएपछि त्यहाँको अर्थतन्त्रलाई डिजिटलाइज गर्न ठूलो योगदान पु-याएको थियो । नेपालमा पनि राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । यसलाई वित्तीय संस्थासँग जोड्न सकेमा नेपालको अर्थतन्त्रमा डिजिटाइजेसनको योगदान बढी हुनेछ । 

अहिले पनि भिसा मास्टरकार्डबाट धेरै पैसा बाहिर गइरहेको छ । यसलाई नेपालमै बचाएर राख्न सके धेरै राम्रो हुन्छ । संसारका धेरै देशहरूले यसमा काम गरिसकेका छन्, हामीले पनि गर्नुपर्छ । यसलाई कार्यान्वयनमा ल्याए बाहिर जानबाट विदेशी मुद्रा रोक्न सक्छौं । विभिन्न क्षेत्रमा नयाँ नयाँ स्टार्टअपहरू आइरहेका छन् । हामी लाइनबाट अनलाइनमा गइसकेका छौं । यसमा सरकारले साथ दिए डिजिटल इकोसिस्टम विकासमा धेरै ठूलो भूमिका हुनेछ । एक उद्यमीले मात्र पूर्णपरिवर्तन ल्याउन सक्दैन । त्यसकारण सरकारले पनि दिगो योजना ल्याएर नीतिहरूको विकास गरी डिजिटल इकोसिस्टमलाई प्रर्वद्धन गर्नुपर्छ । डिजिटल जग बसाल्नका लागि सरकारले भुक्तानी, ई–केवाइसी र कनेक्टिीभिटिलाई विशेष महत्व दिनुपर्छ । यी तीन पक्षलाई जोडेर लग्दा हामीले आईसीटी क्षेत्रलाई नयाँ उचाइमा पु-याउन सक्छौं । अरू देशसँग धेरै कच्चा पदार्थ छ । तर, हाम्रो कच्चा पदार्थ भनेको ज्ञान हो । ज्ञानलाई हामीले निर्यात गर्न सक्यौं भने धेरै हदसम्म सफल हुन सक्छौं । 

गुगल, माइक्रोसफ्ट जस्ता कम्पनीले एक हजार जना काम गर्ने केन्द्र मागे भने हाम्रो देशमा छैन । त्यसकारण हामीले आईटी पार्क बनाऔं, जहाँ इनोभेटिभ आइडिया भएका व्यक्तिहरू र बाहिरका कम्पनीले काम गर्न सकून् । यसमार्फत हामी ठूलो मात्रामा डलर भित्र्यायाउन सक्छौं । यतिमात्रै नभएर यसबाट नेपालका कम्पनी तथा प्रडक्टलाई विश्वव्यापी बजारमा लान सकिन्छ । भारतले जसरी विश्वव्यापी बजारमा प्रवेश गरिरहेको छ, त्यसरी नै नेपालले पनि फाइदा उठाउन सक्छ । मलेसिया, सिंगापुर जस्ता देशहरूमा स्टार्टअपलाई सुरुमा विकासको वातावरण तथा सहजता प्रदान गर्ने गरिन्छ । स्टार्टअप ठूलो हुन थालेपछि मात्रै सरकारले नियमन गर्न थाल्छ । यसले स्टार्टअप कम्पनीलाई विकास हुने राम्रो अवसर दिन्छ । त्यसकारण स्टार्टअपलाई सुरुमा चाहिने फन्डिङ दिने व्यवस्था मिलाएर नीति ल्याए डिजिटल इकोसिस्टमको विकासमा ठूलो योगदान पुग्नेछ ।

Logo