माया खोला हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

माया खोला हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

केन्द्रबिन्दु
0
Shares

माया खोला हाइड्रोपावरको आइपीओ आज बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत १ लाख ९९ हजार २०० जनाले १० कित्ताका दरले सेयर पाएका छन्। उक्त आइपीओका लागि कुल १४ लाख ३५ हजार ३१३ जना आवेदकले आवेदन दिएकामा १ लाख ५६ हजार हजार ६२५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी गराएको छ ।

कम्पनीले माघ १३ गतेदेखि १७ गतेसम्म ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । यो मध्ये १० प्रतिशत अर्थात् १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यसअघिनै निष्काशन गरिसकेको छ । यसैगरी, ५ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १९ लाख ९२ हजार कित्ताका लागि सर्वसाधारणलाई बिक्री खुला गरेको हो । सोही सेयर बिहिबार बिहान बाँडफाँट गरिएको हो ।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, माया खेला हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट पनि नतिजा हेर्न सकिने छ ।

Logo