फागुनमा निक्षेपको ब्याजदर स्थिर राख्ने बैंकर्स संघको निर्णय

फागुनमा निक्षेपको ब्याजदर स्थिर राख्ने बैंकर्स संघको निर्णय

केन्द्रबिन्दु
0
Shares

नेपाल बैंकर्स संघले फागुनमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय गरेको छ ।

बिहीबार बिहान बसेको संघको बैंठकले फागुनमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय गरेको बैंकर्स संघको एक कार्यकारी सदस्यले बताए । पुससम्म व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर माघ १ बाट ११ प्रतिशतमा झारेको थियो । बाह्य क्षेत्रमा क्रमीक सुधार हुँदै गएको र निक्षेप पनि सुधारोन्मुख भएकोले ब्याजदर यथावत राख्ने निर्णय भएको बैंकर्स संघले जनाएको छ ।

शुक्रबार हुने मौद्रिक नीति समीक्षाले बैंकदर घटाएमा भने बैंकहरुको निक्षेपको ब्याजदर पनि घट्नसक्ने एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बताए । ‘ब्याजदर प्रकाशित गर्न आइतबासम्मको समय छ । राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामा बैंकदर घटाएमा ब्याजदर घटाउन सकिन्छ,’ उनले भने, ‘बैंकदर स्थिर भएमा निक्षेपको ब्याजदर फागुनमा स्थिर रहनेछ ।’

हाल व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ९ प्रतिशत रहेको छ । यस्तै, बचतको न्यूनतम ब्याजदर ६ प्रतिशत र रेमिट्यान्स निक्षेपमा भने न्यूनतम १ प्रतिशत थप ब्याजदर दिनुपर्ने व्यवस्था केन्द्रीय बैंकले जनाएको छ ।

Skip This
Skip This
Logo