यस्तो छ सोमबारको विदेशी मुद्रा विनिमय दर

यस्तो छ सोमबारको विदेशी मुद्रा विनिमय दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैँकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार आज अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा तोकिएको छ भने युरोपियन युरोमा एकको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीमा १४२ रुपैयाँ ७ पैसा  रहेको  छ। सोमबार अष्ट्रेलियन डलर को खरिदमूल्य ९० रुपैयाँ ९८ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ३९ पैसामा कारोबार भैरहेको छ । 

उता, साउदी अरेबियन रियालको खरिददर ३५ रुपैयाँ २६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४२ पैसा तोकिएको छ भने कतारी रियालको खरिदमा ३६ रुपैयाँ १० पैसा तथा बिक्रीदर ३६ रुपैयाँ २७ पैसा र  मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ८४ पैसा र बिक्रीमूल्य २९ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ २० पैसा र बिक्रीमा १० रुपैयाँ २५ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ८६ पैसा र बिक्रीमा १६ रुपैयाँ ९३ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ७६ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ७२ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ७७ पैसा र बिक्रीमा भने ३५२ रुपैयाँ ३६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Logo