सुनको मूल्य घट्दा चाँदीको स्थिर, आज कतिमा हुँदैछ किनबेच ?

सुनको मूल्य घट्दा चाँदीको स्थिर, आज कतिमा हुँदैछ किनबेच ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा मंगलबार सुनको मूल्य २०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजाबी सुनको मूल्य १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार यसको मूल्य १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको पनि स्थिर रहेको छ । सोमबार चाँदीको मूल्य १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो । आज सोही मूल्यमा कारोबार भइरहेको छ । 
 

Skip This
Skip This
Logo