धनुषामा ९७ करोड बराबरको कम धान उत्पादन

धनुषामा ९७ करोड बराबरको कम धान उत्पादन


उत्पादनको दृष्टिकोणले सबैभन्दा बढी उत्पादन हुने धनुषा जिल्लामा अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा ९७ करोड १९ लाख ८९ हजार २ सय मुल्य बराबरको ३२ हजार ७ सय ६० मेट्रिक टन कम धान उत्पादन भएको छ ।

कृषि ज्ञान धनुषाका अनुसार चालु आर्थिक वर्ष साउनदेखि पुससम्मको तथ्यांक हेर्दा  किसानहरुले बर्खे धान ४८ हजार ७ सय ६० हेक्टर क्षेत्रफलमा व्यवसायिक रुपमा धान खेती गरेकोमा १ लाख ४६ हजार २ सय ८० मेट्रिक टन धान उत्पादन गर्न सकेको छ । तर, त्यही किसानहरुले अघिल्लो वर्ष सोहीअवधिमा ५५ हजार ८ सय ६ हेकटर क्षेत्रफल धान खेती गरेकोमा १ लाख ७९ हजार मेट्रीक टन धान उत्पादन भएको थियो । जुन यस वर्ष भन्दा ५७ करोड १९ लाख ८९ हजार २ सय रुपैयाँभन्दा बढी अर्थात ३२ हजार ७ सय ६० मेट्रिक टन बढी धान उत्पादन देखिन्छ । 

गतवर्ष यस वर्ष क्षेत्रफल घटाएर किसानहरु माछापालन शुरु गरेको, समयमा मल खाद्य नपाएको तथा सिँचाईको अभाव भएकोले यस वर्ष धनुषामा कम धान उत्पादन भएको बागवानी विकास अधिकृत प्रदिपकुमार यादवले बताए । जिल्लामा ७ लाख किसानहरु व्यावसायिक रुपमा धान खेती खेती गरी आर्थिक लाभ लिँदै आएको छ । जिल्लाको १८  पालिकामध्ये गणेशमान चारनाथ नगपालिका, मिथला नगरपालिका, बटेश्वरनाथ नगरपालिका र क्षेश्वरनाथ नगरपालिकाबाहेक १४ स्थानीय तहका किसानहरुले व्यावसायिक रुपमा धान गर्दै आएका छन् । 

धान खेती गर्ने किसानहरुलाई सरकारले ५० प्रतिशत अनुदानमा स्यालो, टयूबेललगायतका कृषिऔजारहरु उपल्बध गराउँदै आएको छ । कृषि विभागले धनुषा जिल्लामा डिजिटल सर्वे गर्दा धेरै ठाउँका किसानहरु आफ्नाे जग्गामा माछा पोखरी खनेकाले धान खेती गर्ने क्षेत्रफलमा कमी आएको छ ।

सरकारले सोना मन्सुली धानको खेती गर्न लगाए पनि यो धानले उत्पादन बढी दिने र खाना खान स्वादिलो हुने भएकोले सरकारी प्रतिबन्धको उपेक्षा गर्दै किसानहरु अत्यधिक मात्रामा यो धान नै लगाउने गरेका छन् । यहाँका किसानले उत्पादन गरेको धानबाट वर्ष भरि खाना नपुगने भएकाले भारत माथिको परनिर्भरता बढदै गएको छ ।

Logo