११ असार २०७९ शनिबार
1
1
1
1

३०७ अर्बको आयात, २७ अर्बको निर्यात

1
1
1
1

काठमाडौं,

चालू आर्थिक वर्षको तीन महिनामा कूल वस्तु व्यापार घाटा १२ प्रतिशतले संकुचन भई ३०७ अर्ब ७८ करोड रुपैयाँ रहेको छ।

यस अवधिमा कूल वस्तु आयात १०.३ प्रतिशतले घटेर ३३४ अर्ब ९५ करोड पुगेको छ भने निर्यात १४.४ प्रतिशतले वृद्धि भई २७ अर्ब १७ करोड पुगेको छ। गत वर्षको सोही अवधिमा आयात ४३.६ प्रतिशतले बढेको थियो भने निर्यात निर्यात १६.१ प्रतिशतले वृद्धि भएको थियो।

चालू आवमा निर्यात–आयात अनुपात ८.१ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६.४ प्रतिशत रहेको थियो। चालू आवमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.२ प्रतिशत र १९.१ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ११.६ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा भारततर्फ ३५.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १९.९ प्रतिशत र अन्य मुलुकतर्फ ११.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, आयुर्वेदिक औषधि, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, जुस, तयारी पोशाक, ऊनी गलैंचा, तार लगायतका वस्तुको निर्यात घटेको छ।

प्रकाशित: ६ मंसिर २०७६ १०:३३ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी