यस्तो छ आइतबारको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ आइतबारको तरकारी तथा फलफूलको मूल्य

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारको लागि फलफूल तथा तरकारीको मूल्य तोकेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, भारतीय सुन्तला १३० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ४०० रुपैयाँ, अमला ७० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको न्युनतम मूल्य हो । नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा ८० रुपैयाँ, रातो आलु २५ रुपैया, सेतो आलु १७ रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, कागती २१० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम रहेको समितिले जनाएको छ । यसैगरी, ताजा छडी माछा प्रतिकेजी २४० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३१० रुपैयाँ केजी र रहु माछा ३३० रुपैयाँ केजीमा पाइन्छ ।  

त्यस्तै, आइतबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ, चमसूरको साग ४० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँ, तितो करेला १२० रुपैयाँ, तोरीको साग २० रुपैया, भारतीय सुकेको प्याज ३१ रुपैयाँ, हरियो प्याज ३० रुपैयाँ, पुदीना ३५० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ, ब्रोबाउली ३० रुपैयाँ, भान्टा लाम्चो ६० रुपैयाँ, भिण्डी १२० रुपैयाँ केजी र हरियो धनियाँ ३० रुपैयाँ रहेको छ ।

Skip This
Skip This
Logo