रुपे इन्टरनेसनल कार्डहरु एससीटीमा आबद्ध बैंकका एटीएममा प्रयोग गर्न सकिने

रुपे इन्टरनेसनल कार्डहरु एससीटीमा आबद्ध बैंकका एटीएममा प्रयोग गर्न सकिने

केन्द्रबिन्दु
0
Shares

डिस्कबर फाइनन्सियल सर्भिस, डाईनर्स क्लब इन्टरनेसनल तथा भारतको एनपीसीआई अन्तर्गत जारी गरिएका रुपे इन्टरनेसनल कार्डहरु एससीटीसँग आबद्ध बैंक तथा बित्तिय संस्थाका एटीएममा प्रयोग गर्न सकिने भएको छ । 

यो सुविधासँगै नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डियाद्वारा जारी गरिएका एक करोडभन्दा बढी रुपे इन्टरनेसनल कार्डहरु एससीटी नेटवर्क अन्तर्गतका एटीएमहरुमा प्रयोग गर्न सकिने भएको हो । यसका साथै डाईनर्स र डिस्कबरका डेबिट तथा क्रेडिट कार्ड बोक्ने पर्यटकहरुलाई पनि एटीएममार्फत कारोबार गर्नलाइ सहज र सरल हुने आशा गरिएको छ । 

यो सुविधा छिट्टै नै एनएमबी बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरुले संचालन गरेका एटीएम हरुमा पनि विस्तार गर्ने योजना राखिएको कम्पनीले जनाएको छ । 

हाल भारतमा लोकप्रिय बन्दै गएको रुपे कार्ड भारतमा कार्यरत नेपालीहरु तथा नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुलाई नेपालमा चलाउन निकै समस्या थियो । यो सुविधा संगै रुपे कार्ड प्रयोगकर्ताहरुलाई निकै सहज हुने कम्पनीले विश्वास लिएको छ ।

Skip This
Skip This
Logo