वित्तीय संस्थाहरुले १५ प्रतिशत भन्दा बढी ब्याजदर लिएमा राष्ट्र बैंकमा उजुरी गर्न आग्रह

वित्तीय संस्थाहरुले १५ प्रतिशत भन्दा बढी ब्याजदर लिएमा राष्ट्र बैंकमा उजुरी गर्न आग्रह

केन्द्रबिन्दु
0
Shares

लघुवित्त वित्तीय संस्थाहरुले कर्जा प्रवाहमा ऋणीबाट १५ प्रतिशत भन्दा बढी ब्याजदर लिएमा आफूसमक्ष उजुरी गर्न राष्ट्र बैंकले आग्रह गरेको छ  । 

राष्ट्र बैंकले मंगलबार एक चेतनामूलक सूचना जारी गर्दै वित्तीय संस्थाहरुले ऋणीबाट १५ प्रतिशतभन्दा बढी ब्याज लिएमा आफूसमक्ष उजुरी गर्न सर्वसाधारणलाई जानकारी दिएको हो । 

जारी सूचनामा भनिएको छ, ‘लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरिएको छ । हाल कुनै पनि लघुवित्त वित्तीय संस्थाको ब्याजदर १५ प्रतिशतभन्दा बढी छैन,’ लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत भन्दा बढी ब्याज लिएको भए नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सक्नुहुनेछ ।’

वाणिज्य बैंकलाई ‘क’ वर्गको बैंक भनिन्छ । विकास बैंकलाई ‘ख’ वर्गका वित्तीय संस्था र फाइनान्स कम्पनीलाई ‘ग’ वर्गका वित्तीय संस्था भनिन्छ । यसैगरी लघुवित्त वित्तीय संस्थालाई ‘घ’ वर्गका वित्तीय संस्था भनिन्छ । यी सबै संस्थाहरु राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त वित्तीय संस्था भएको उक्त सूचनामा जानकारी गराइएको छ । 

राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा अधिकतम १५ प्रतिशत ब्याजदर र १.५ प्रतिशत सेवा शुल्क लिन पाइने व्यवस्था छ । तर, लघुवित्त वित्तीय संस्थाहरुले तोकेको भन्दा बढी ब्याज लिएको सुन्नमा आएको हुँदा कोही पीडित भए राष्ट्र बैकमा उजुरी दिन सकिने बताइएको छ । 

Skip This
Skip This
Logo