सिद्धार्थ र प्रिमियर इन्सुरेन्सको एकीकृत कारोबार सुरु

सिद्धार्थ र प्रिमियर इन्सुरेन्सको एकीकृत कारोबार सुरु

केन्द्रबिन्दु
0
Shares

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स एक आपसमा आजबाट मर्ज भएर एकीकृत कारोबार सुरु गरेका छन्।

दुवै कम्पनी एक आपसमा गाभिएपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने भएका छन्। दुवै कम्पनीको पुस २९ गते बसेको साधारण सभाले मर्ज हुने प्रस्ताव पारित गरिसकेको थियो। बिमा प्रधिकरणले माघ १७ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेको हो। दुई कम्पनी एक बराबर एक (१ः१) को सेयर स्वाप रेसियोमा मर्जर हुने भएका हुन्।

यता, हाल सिद्धार्थको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ छ र प्रिमियर इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब २२ करोड रुपैयाँ छ। दुवै कम्पनी एक भएपछि २ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी पुगेको छ। 
 

Skip This
Skip This
Logo