बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक र कुमारी बैंकबीच बीवाईडीका इलेक्ट्रिक गाडीका लागि सहज फाइनान्सिङ सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौताअन्तर्गत कुमारी बैंकले बीवाईडीका इलेक्ट्रिक कार किन्ने ग्राहकका लागि ८ वर्ष सम्मको अवधिका लागि गाडीको मूल्यको ८० प्रतिशत सम्म फाइनान्स सुविधा उपलब्ध गराउने छ । कुमारी बैंकका नेपालभर रहेका शाखाहरुमार्फत सो सुविधा प्राप्त हुनेछ । यस अनुसार प्रतिस्पर्धी ब्याजदरमा वातावरणमैत्री बीवाईडी इलेक्ट्रिक कार उपलब्ध हुने साइमेक्स इंकले जनाएको छ ।
इलेक्ट्रिक कारका लागि २० प्रतिशत मात्र डाउन पेमेन्ट गरे पुग्ने नियम अनुसार हालै नेपाल भित्रिएको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी एट्टो ३ का लागि शुरुमा १२ लाख ९८ हजार रुपैयाँ मात्र तिरे पुग्ने छ । त्यसैगरी सबैभन्दा लामो रेन्ज दिने ईभी दावी गरिएको बीवाईडी अल–न्यु ई६ ११ लाख ८० हजारमै लिन सकिने छ ।
साइमेक्स इंककी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठले भनिन्, ‘बीवाईडी जहिले पनि ग्राहकलाई उच्च गुणस्तरीय, वातावरणमैत्री सवारी साधन उपलब्ध गराउन प्रतिबद्ध छ । कुमारी बैंकसँग सहकार्यमार्फत सबैभन्दा उपयुक्त फाइनान्स सुविधाका साथ दुवैको विशेषज्ञता र स्रोत ग्राहकलाई उपलब्ध गराउन पाएकोमा हामी गौरवान्वित भएका छौ ।’
बीवाईडीले इलेक्ट्रिक मोबिलिटीलाई प्रवद्र्धन गरिरहेको र कुमारी बैंकसँगको सहकार्यले सो लक्ष्य प्राप्तिलाई एक कदम माथि उठाएको बताएको छ । आगामी दिनमा यसबाट ग्राहकलाई इलेक्ट्रिक सवारी साधन प्रयोग गर्नमा अझै उत्साह मिल्ने र बीवाईडी इलेक्ट्रिक कारको सहजता र पर्फमेन्स अनुभव गर्न सकिने कम्पनीको भनाइ छ ।































प्रतिक्रिया