फोटोन गाडीको नेपालका लागि आधिकारिक विक्रेता एमएडव्ल्युले इलेक्ट्रिक कार्गो र प्यासेन्जर भ्यानको बिक्री सुरु गरेको छ ।
एमएडव्ल्यु वृद्धि कमर्सियल भेइकलका सेल्स हेड नविन आचार्यका अनुसार पेट्रोलियम पदार्थको मूल्य आकाशिएसँगै व्यवसायीको जोड इलेक्ट्रिक गाडीमा पर्न थालेको छ । उनले कमर्सियल सेग्मेन्टमा अहिले इलेक्ट्रिक कार्गो र भ्यानको माग बढ्न थालेको बताए । उनले यसअघि यसको पिकअप, माइक्रोबस र मिनी ट्रक आयात गरी कारोबार गर्दै आइरहेकामा हाल इलेक्ट्रिक भ्यान र कार्गोको समेत बिक्री सुरु गरेको बताए ।
उनले भने, ‘इलेक्ट्रिक भ्यान र कार्गोलाई हामीले नेपाली सडकमा परीक्षण गरेर सफल भएपछि मात्र बिक्री सुरु गरेका हौं । जसमध्ये भ्यानमा हामीसँग १४ र १६ सिटको विकल्प रहेको छ । सिट क्षमता बढी भएका कारण व्यवसायीले अतिरिक्त लाभ उठाउन सक्नुहुनेछ ।’ सेल्स हेड नविन आचार्यले एमएडव्ल्युले ल्याएको इलेक्ट्रिक भ्यानले युरोपको प्रतिष्ठत सर्टिफिकेट ‘होल भेइकल टाइप एप्रुभल’ पाएको बताए ।
उनले नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक भ्यानमध्ये यस्तो सर्टिफिकेट फोटोनले मात्र पाएको पनि दाबी गरे । ‘युरोपियन युनियनले परीक्षण गरेर सर्टिफाइडसमेत गरेका कारण यसको गुणस्तरमा शंका गरिरहनु परेन । यो भ्यानमा विश्वकै अग्रणी ब्याट्री निर्माता सीएटीएलको ५०.२३ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री जडान गरिएको छ । जसको पावर ८५ किलोवाट र टर्क २९० एनएम रहेको छ । यसलाई डिसी फास्ट र एसी दुवै चार्जरले चार्ज गर्न सकिन्छ’ उनले बताए ।































प्रतिक्रिया