सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ।

 लघुवित्तको फागुन २१ बुक क्लोज हुनेछ । शुक्रबार र शनिबार सेयर कारोबार नहुने भएकाले उक्त लघुवित्तले प्रस्ताव लाभांश लिन आजै सेयर खरिद गर्नुपर्छ । सपोर्ट लघुवित्तले कुल ११.५७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 

 कम्पनीले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर ११ प्रतिशत र कर तिर्न ०.५७ प्रतिशत नगद लाभांश गरी कुल ११.५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । उक्त लाभांश पारित गर्न संस्थाले चैत ४ गते वार्षिक साधारण सभा बोलाएको छ ।

Skip This
Skip This
Logo