नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ ।
शुक्रबार अमेरिकी डलरको भाउ १५ पैसाले वृद्धि भएको छ । आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा कायम गरिएको छ । यसअघि बिहीबार अमेरिकी डलरको खरिदमूल्य १३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३१ पैसामा कारोबार भएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोपियन युरो एकको खरिददर १३९ रूपैयाँ ९८ पैसा र बिक्रीमा १४० रूपैयाँ ६१ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३१ पैसाले घटेको छ ।
अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रूपैयाँ ६८ पैसा र बिक्रीमा ८९ रूपैयाँ ८ पैसा तोकिएको छ । बिहीबार अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रूपैयाँ ३ पैसा र बिक्रीमा ८९ रूपैयाँ ४३ पैसामा कारोबार भएको थियो । यस्तै, शुक्रबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिदमूल्य १५७ रूपैयाँ ७३ पैसा र बिक्रीमूल्य १५८ रूपैयाँ ४५ पैसा तोकिएको छ । बिहीबार भने बेलायती पाउण्ड स्टर्लिङको खरिदमूल्य १५८ रूपैयाँ ३७ पैसा र बिक्रीमूल्य १५९ रूपैयाँ ९ पैसा तोकिएको थियो ।
शुक्रबार क्यानेडियन डलर एकको खरिदमूल्य ९६ रूपैयाँ ८४ पैसा र बिक्री मूल्य ९७ रूपैयाँ २८ पैसामा कारोबार भइरहेको छ । राष्ट्र बैंकले कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३० पैसा कायम गरेको छ भने साउदी अरेबियन एकको खरिददर ३५ रूपैयाँ १४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३० पैसा, युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९० पैसा र बिक्रीमा ३६ रूपैयाँ ६ पैसा तोकिएको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिदमूल्य २९ रूपैयाँ ४६ पैसा र बिक्रीमूल्य २९ रूपैयाँ ६० पैसा तोकिएको छ भने शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ३४ पैसा र बिक्रीमा ४३१ रूपैयाँ ३० पैसा कायम गरिएको छ । बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३५१ रूपैयाँ ३१ पैसा तोकिएको छ ।































प्रतिक्रिया