८ दलिय गठबन्धनबीच राष्ट्रपति उम्मेदवारमा मात्रै सहमति -नेता भण्डारी

८ दलिय गठबन्धनबीच राष्ट्रपति उम्मेदवारमा मात्रै सहमति -नेता भण्डारी


लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता शरदसिंह भण्डारीले ८ दलिय गठबन्धनबीच राष्ट्रपतिको उम्मेदवारको विषयमा मात्रै सहमति भएको स्पष्ट पारेका छन् । 

जनकपुरधाममा ८ दलिय सत्ता गठबन्धनको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले राष्ट्रपतिको निर्वाचनलाई लिएर मात्रै अहिले सहमति भएको स्पष्ट पारेका हुन् । 

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)का नेता हरिनारायण यादवले उपराष्ट्रपति जसपाले पाउनुपर्ने बताएपछि ८ दलिय गठबन्धन अहिले राष्ट्रपतिको निर्वाचनमा मात्रै केन्द्रित रहेको भण्डारीले बताए । उनले सञ्चारमाध्यममा उपराष्ट्रपति, संघको खाली मन्त्रालयहरु, प्रदेश सरकारको विषयमा अहिले गठबन्धनभित्र कुनै किसिमको छलफल नभएको बताए । 

उनले यो गठबन्धन सरकार बनाउन वा राष्ट्रपति निर्वाचनसम्मका लागि मात्रै नभई संविधानबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्नका लागि समेत बनेको बताए । उनले यसअघिको सत्ता गठबन्धन सहमतिको राजनीतिलाई तोडेकै कारण भत्किएको दाबी गरे ।  

शक्ति सन्तुलनको राजनीतिमा एमालेले विश्वास गर्न नसकेकै कारण एमाले अहिले सत्ता गठबन्धन बाहिर रहेको भण्डारीको भनाई थियो । 

Logo