बैंक तथा वित्तिय संस्थाहरु ‘शत्रु’ भए -दुर्गा प्रसाई

बैंक तथा वित्तिय संस्थाहरु ‘शत्रु’ भए -दुर्गा प्रसाई

केन्द्रबिन्दु
0
Shares

व्यवसायी दुर्गा प्रसाईले बैंक तथा वित्तिय संस्थाहरुलाई ‘शत्रु’को संज्ञा दिएका छन् । 

आईतबार काठमाडौंको माईतीघरमा आयोजित एक कार्यक्रममा व्यवसायी प्रसाईले बैंक तथा वित्तिय संस्थाहरुले साथ दिने भन्दा पनि शत्रुको व्यवहार गरेको भन्दै आपत्ति समेत जनाए । सर्वहारा वर्गलाई मारमा पार्ने काम गरेकाले आफूले बैंक तथा वित्तिय संस्थाहरुको विरोधमा आन्दोलनको नै सुरुवात गर्नु परेको उनले जिकीर गरे । 

उनले १७ लाख परिवारको घर बैंक तथा वित्तिय संस्थाहरुले लिलामी गर्ने सूचना आफूले पाएको दावी समेत गरे । 

व्यवसायी प्रसाईले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाअभियान संचालन गर्ने भन्दै काठमाडौंमा शनिबार (हिजो)बाट आन्दोलनको कार्यक्रम सुरु गरेका छन् । त्यसक्रममा उनका समर्थकहरुले गणतन्त्र, संघीयता खारेज हुनुपर्ने जिकीर गर्दै प्रर्दशन गरेका गरिरहेका छन् । गणतन्त्रमा नेता धनी हुने, जनता बैंकहरुको महंगो ब्याज तिर्न नसकेर आत्मदाह गर्नुपर्ने अवस्था आएकोले आफूहरुले विरोध गर्नु परेको उनको भनाई थियो ।

Logo