जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा नयाँ स्काई भोड्का सार्वजनिक

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा नयाँ स्काई भोड्का सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले नयाँ स्काई भोड्का सार्वजनिक गरेको छ । 

सन् १९९२ मा अमेरिकाको सान फ्रान्सिस्कोमा उत्पादित स्काई भोड्का, गुणस्तर र स्वादका लागि एक नयाँ स्ट्यान्डर्ड सेट गर्न विशेष एवं फरक स्वाद पस्किन, बजारमा ल्याइएको प्रिमियम भोड्का ब्रान्ड हो । 

पाँचपटक डिस्टिल गरी तयार भएको स्काई भोड्कामा फलफूल र टोस्ट गरिएको अन्नको स्मुथ रिफ्रेसिङ टेस्ट रहेको जनाइएको छ । यसलाई निट वा ककटेलसँग पिउँदा अझ उत्कृष्ट एवं मनमोहक स्वाद आउने कम्पनीले जनाएको छ । 

उत्कृष्ट तथा रिफ्रेसिङ टेस्टको विशेषता रहेको स्काई भोड्का आकर्षक कोबाल्ट ब्लू प्रिमियम बोतलमा सात सय ५० मिलि र एक सय ८० मिलि बजारमा उपलब्ध छ ।

Logo