यस्तो छ बुधबारको हरियो तरकारी तथा फलफूलको मूल्य

यस्तो छ बुधबारको हरियो तरकारी तथा फलफूलको मूल्य

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफुलको मुल्य तोकेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १६० रुपैयाँ, हरियो अंगुर र भारतीय सुन्तला १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ३०० रुपैयाँ र अम्बा २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २६ रुपैया, सेतो आलु १६ रुपैयाँ रहेको छ । यस्तै, स्थानीय काउली ४० रुपैयाँ, कागती २३० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ११० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ, चमसूरको साग ५० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँ तोकेको कालिमाटी बजारले तितो करेला १२० रुपैयाँ, तोरीको साग २० रुपैया, भारतीय सुकेको प्याज ३५ रुपैयाँ, हरियो प्याज ५०  रुपैयाँ, पुदीना २२० रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ कायम गरेको छ । ब्रोबाउली र भान्टा लाम्चो ६० रुपैयाँ, भिण्डी १२० रुपैया केजी र हरियो धनिया ४० रुपैयाँमा पाइने समिति जनाएको छ ।

उता, ताजा छडी माछा प्रतिकेजी २५० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३१० रुपैयाँ केजी र रहु माछा ३३० रुपैयाँ तोकेको छ ।

Logo