स्कोडा कुशाकको नेपालका लागी आधिकारिक विक्रेता एमएडव्लू इन्टरप्राइजेजले २०२३ मोडलको गाडी नेपाली बजारमा भित्र्याउने भएको छ ।
केही सातामा ल्याउने तयारी भएको भन्दै कम्पनीले वुकिङ खूल्ला गरेको हो । यो नयाँ मोडलको शुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ, जसमा टप भेरिएन्टलाई भने ७४ लाख ९० हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।
कुशाक २०२३ मोडलमा १.० लिटर टिएसआई इन्जिन जडान गरिएको हुन्छ । जसको अधिकतम पावर ११५ पिएस र टर्क १७५ एनएम रहेको छ । ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनको विकल्प दिइएको यसको टप स्पिड १०० किलोमिटर प्रतिघण्टा रहेको छ ।
कम्पनीका अनुसार यस नयाँ मोडलमा १०.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सनरुफ, भेन्टिलेटेड सिट, एम्विएन्ट लाइटिङ, कुल्ड ग्लोबबक्स, ५० वाटको सब वुफरसहितको सिक्स स्पिकर लगायत फिचर पाउन सकिन्छ । साथै यसमा रुफ रेल र १७ इन्चको डाइमन्ड कट अलोय ह्विल उपलब्ध छ ।
रोबस्ट र मस्कुलर लुकका कारण सबैको आकर्षणको केन्द्र बनेका यो एसयूभीमा ६ वटा एयर ब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प र वाइपर र मल्टिकोलिजन ब्रेकिङ सिस्टम लगायत फिचर दिइएको कम्पनीले जनाएको छ ।































प्रतिक्रिया