सामसुङ स्मार्ट प्लाजाकाे शाखा अब धनगढीमा

सामसुङ स्मार्ट प्लाजाकाे शाखा अब धनगढीमा

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि सामसुङ इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सको सञ्जालअन्तर्गत रहेको कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सले धनगढीस्थित पुष्पलाल चोकमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा स्थापना गरेको छ।

हिम इलेक्ट्रोनिक्सका उपनिर्देशक प्रभाकर शमशेर थापा र कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सका कलाधर ठाकुरले संयुक्त रुपमा बिहीवार सो प्लाजाको उद्घाटन गरेका हुन् । 

सुविधा सम्पन्न सामसुङ स्मार्ट प्लाजाले ग्राहकहरूको माग र आवश्यकतालाई गुणस्तरीय सेवामार्फत सम्बोधन गर्न प्रतिबद्ध रहेको जनाएको छ । ग्राहकहरूले अब आफ्ना पुराना उपकरण र फोनहरू ल्याइ सामसुङको नयाँ उपकरणहरूसँग पनि  साट्न सक्नेछन् । यससँगै ग्राहकहरूले हुलाक फीन सर्भमार्फत सजिलै किस्ताबन्दिको सेवा पनि  प्राप्त गर्नसक्नेछन् । 

सो अवसरमा स्मार्ट प्लाजाका संचालक शिव शङ्कर ठाकुरले धनगढीका ग्राहकहरूको बढ्दो मागको आपूर्तिका निम्ति यस सुविधा सम्पन्न सामसुङ स्मार्ट प्लाजा सञ्चालनमा ल्याइएको बताए । 

Skip This
Skip This
Logo