विश्व प्रसिद्ध एक्साइड ब्राण्डको एक्सप्लोर नामक नयाँ ब्याट्री नेपाली बजारमा सार्वजनिक गरिएको छ । सबै प्रकारका मोटरसाइकलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ ब्याट्रीको विक्री वितरण आरम्भ गरेको हो ।
नेपालको सडक एवं हावापानी सुहाउँदो एक्सप्लोर ब्याट्री विशिष्ठ गुणहरु एवं विशेषताहरुले सम्पन्न भएको कम्पनीकाे दाबी छ ।
कम्पनीका अनुसार स्पिल प्रुफ डिजाइन गार्ड, ग्यास रिकम्बीनेसन प्रणाली, एवं लिड क्याल्सिएम प्रविधि जस्ता अत्याधुनिक विशेषताहरु भएको यस ब्याट्रीमा पानी कहिल्यै थप्नु पर्दैन । फ्याक्ट्रीबाट नै चार्ज भएर आउने एक्सप्लोरको डब्बामा पोली प्रोपिलिन प्लास्टिक र सिन्थेटिक रेजिनको प्रयोग पनि गरिएको छ ।
यसैगरी ४८ महिना लामो वारेन्टी भएको यस ब्याट्रीले यसको प्रयोगकर्तालाई मर्मत सम्भारको झन्झटलाइ टाढा राख्ने कम्पनीले जनाएकाे छ ।































प्रतिक्रिया