लघुवित्तको हकप्रदमा राष्ट्र बैंकको अंकुश

लघुवित्तको हकप्रदमा राष्ट्र बैंकको अंकुश

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको हकप्रदमा अंकुश लगाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनको आरम्भ गर्दै लघुवित्त संस्थाहरुले पूँजी नपुगे मात्रै हकप्रद निष्काशन गर्न पाउने व्यवस्थाको कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्था घटाएर बलियो बनाउने नीति अख्तियार गरेको राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई पनि मर्जर गर्ने उद्देश्यले हकप्रद निष्काशनमा रोक लगाएको हो । राष्ट्र बैंकको यस्तो नीतिका कारण लघुवित्त संस्थाहरुले पूँजी वृद्धिका लागि अब मर्जरतर्फ आकर्षित हुने देखिन्छ । दबाब मात्रै चुक्ता पूँजी वृद्धि गर्दा एउटा संस्थाको पैसा अर्को संस्थामा जान थालेपछि केन्द्रीय बैकले पछिल्लो सर्कुलरमा पनि मर्जरबाट नै पूँजी वृद्धिमा जोड दिएको हो । मर्जका लागि लघुवित्त कम्पनीहरुले पनि आफूलाई मिल्ने अर्काे संस्थाको खोजीमा छन् । राष्ट्र बैंकले पनि दुई तीन वटा लघुवित्त कम्पनीहरू मर्जर भएर पनि चुक्ता पूँजी नपुगे हकप्रद निष्काशन गर्न दिनु पर्ने लघुवित्तहरुले जोड दिएका छन् ।

अधिकांश लघुवित्त कम्पनीहरूले न्यूनतम पूँजी पूर्याएको भए पनि व्यवसाय विस्तार गर्न समस्या देखिएको छ । राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूको संस्थागत संरचना सुधार गर्न तथा लगानीको स्रोत परिचालन गर्न पूँजीवृद्धिका लागि जोड दिँदै आएको छ । पूँजी वृद्धि गर्नु पर्ने बाध्यतामा रहेका लघुवित्तले मुनाफाबाट बोनस शेयर वितरण गरेर पूँजी वृद्धि गर्दै आएका थिए । तर त्यसले मात्रै पूँजी पर्याप्त मात्रामा नपुग्ने भएकाले हकप्रद तथा मर्जरमार्फत लघुवित्त संस्थाहरुले पूँजी वृद्धि गरिरहेका थिए । तर राष्ट्र बैंकले हकप्रदमा अंकुश लगाएपछि तत्काल हकप्रद निष्काशनको बाटो बन्द भएपछि मर्जर मात्रै पूँजी वृद्धि गर्ने एक मात्रै आधार भएको छ ।

Skip This
Skip This
Logo