आइएमई पे मोबाइल टप अपमा पाँच प्रतिशत क्यासब्याकको निरन्तरता

आइएमई पे मोबाइल टप अपमा पाँच प्रतिशत क्यासब्याकको निरन्तरता

केन्द्रबिन्दु
0
Shares

आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले आफ्नो सेवाग्राहीहरूलाई आइएमई पे मोबाइल वालेटमार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यासब्याकको अफर यथावत राखेको छ ।

टप अपमा पाँच प्रतिशत क्यासब्याक पाउने अफरबाट धेरै सेवाग्राहीहरूलाई फाइदा पुगेको विश्वासका आधारमा यो अफरलाई यथावत राखिएको हो । यो अफरले वित्तीय साक्षरता अभिवृद्विमा महत्त्वपूर्ण भूमिका खेल्दै डिजिटल कारोबारमा सेवाग्राहीहरूलाई अभ्यस्त बनाउने विश्वास लिइएको कम्पनीले जनाएको छ ।

भौतिक नगदभन्दा बढी डिजिटल कारोबरको अनुभव प्राप्त होस् भन्ने उद्देश्यका साथ टप अपमा पाँच प्रतिशतको अफरलाई मुख्य प्राथमिकताका साथ अगाडी बढनेमा सहमत देखिएको छ ।

आमसेवाग्राहीहरूले दुई हजार (रू.२, ०००) रिर्चाज गर्दा एक सय (रू. १००), एक हजार (रू. १, ०००) गर्दा पचास (रू. ५०) र एक सय (रू.१००) गर्दा पाँच (रू.५) क्यास ब्याकका साथै हरेक रिर्चाजमा पाँच प्रतिशत (५%) सम्म प्राप्त हुनेगरी व्यवस्था मिलाइएको छ । यो व्यवस्था आइएमई पेमा दर्ता भएको मोबाइल नम्बरमा पाँच प्रतिशत र दर्ता नभएको मोवाइल नम्बरमा दुई प्रतिशत कायम गरिएको कम्पनीले जनाएको छ ।

Logo