बढ्यो डिडिसि दूधको मूल्य, उपभोक्ता मूल्य अब ९० देखि १३० रुपैयाँसम्म

बढ्यो डिडिसि दूधको मूल्य, उपभोक्ता मूल्य अब ९० देखि १३० रुपैयाँसम्म

केन्द्रबिन्दु
0
Shares

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसि) ले आजदेखि लागू हुने गरी दूधको मूल्य बढाएको छ । 

संस्थानले विहीबारदेखि लागू हुने गरी उपभोक्ताका लागि सबै ४ प्रकारको दूधको मूल्यमा ११ देखि १६ रुपैयाँसम्म बढाएको हो । निजी डेरी सङ्गठनले यसअघि नै दूधको मूल्य बढाई सकेका छन् । मन्त्रिपरिषद् निर्णय अनुसार वृद्धि भएको मूल्यमा संस्थानले किसानबाट दूध खरिद गरिसकेको छ । आजबाट उपभोक्ताले नयाँ मूल्य अनुसारको दूध पाउने डिडिसिले जनाएको छ ।

डिडिसिका अनुसार अब स्टान्डर्ड दूध (निलो प्याकेटको) मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेर ९७ रुपैयाँ पुगेको छ । यसअघि सो दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ थियो ।

त्यस्तै, गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएर उपभोक्तालाई प्रतिलिटर ११६ रुपैयाँमा बिक्री गर्नेछ भने चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँमा पुगेको छ ।

क्रिमयुक्त दूध (हरियो प्याकेट) को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाइएको छ । जसअनुसार अबदेखि हरियो प्याकेटको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १३० रुपैयाँ पर्न जानेछ । 

Skip This
Skip This
Logo