एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागी टिमका १६ जनालाई सम्मान र हौसला स्वरुप जनही २१००० रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले खेलाडीहरु राष्ट्रका गौरव भएको भन्दै प्रोत्साहन गर्न लागिएको बताए । उनले भने, ‘खेलाडीको मनोबल उच्च कायम राखी राख्न सकेमा मात्र खेलाडी र खेलकुद जगतको प्रगति हुने कुरालाई मध्यनजर गर्दै हामीले १६ जना प्रतिभाशाली खेलाडीहरुलाई सम्मान र हौसला प्रदान गर्ने मनसायले यो कदम चालेका हौँ।’
सो पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंकमा खाता खोली हस्तान्तरण गरिने बैंकका कार्यकारी अधिकृत केसीले बताए ।





























प्रतिक्रिया