काठमाडौं ।
सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । मूल्य बढ्ने क्रममा आज सुन प्रतितोला ३ सयले बढ्दै ९८ हजार ५ सयमा कारोबार भइरहेको छ ।
आइतबार सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार १२ सयले बढेर ९७ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै मंगलबार ७ सयले बढेको सुन आज भने ३ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ६५ कायम भएको छ ।
यस्तै आज चाँदीको मूल्य भने २० रुपैयाँ घटेको छ । चाँदी आज प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको छ । यो साता निरन्तर रुपमा सुनको मूल्य बढेको छ । मूल्य बढ्दै गए पछि कारोबार भने घटेको छ । सुन बजार सुनसान देखिन्छ ।































प्रतिक्रिया