सेयर बजार आज पनि राताम्मै

सेयर बजार आज पनि राताम्मै

केन्द्रबिन्दु
0
Shares

साताको अन्तिम कारोबार सेयर बजारमा बिहीबार ओरालो लागेको छ । नेप्से सूचक ५.३२ अंकले घटेर १९३३.३१ विन्दुमा आएर रोकिएको हाे । 

यस्तै, सेन्सेटिभ इन्डेक्सम ०.१५ अकले घटेर ३६४.७८ बिन्दुमा आएको छ । बिहीवार ३४ लाख २ हजार २७६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १४ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । युनिक नेपाल लघुवित्त र शुवम पावरको १०  प्रतिशतले मुल्य वृद्धि भएको छ । यी कम्पनीहरुले सर्वाधिक कमाएको छ ।

यता,  एनआईसी एसिया बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यसको बिहीबार करिब ५ करोडको कारोबार भएको छ । यता नविल बैंकको करिब ४ करोडको कारोबार भएको छ ।

बिहीबार १३ उपसुचकहरुमा ४ कम्पनीको मुल्यमा सामान्य वृद्धि भएको छ भने बाँकी सबै कम्पनी राताम्मै भएको छ ।

Logo