नेपाल उद्योग वाणिज्य महासंघको यही चैत्र २८ र २९ तोकिएको महाधिवेशनमा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
बिहीबार (हिजो) दिउँसो एक कार्यक्रम गरी उनले आफ्नो उम्मेद्वारी घोषणा गर्दै महासंघको गरिमालाई थप उचाइ प्रदान गर्न सक्दो योगदान गर्ने बताए । उनले भने, ‘हामी उद्योगी–व्यवसायीको छाता संस्थालाई थप सुदृढ बनाउन पेट्रोलियम क्षेत्रबाट के–कस्तो योगदान गर्न सकिन्छ, म त्यसका लागि तयार भएर केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्दछु’ ।
यी वस्तुगत संघका अध्यक्षहरूले मात्र मतदान गर्न पाउने व्यवस्था छ । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन लागेका उमेशलाल श्रेष्ठ समूहबाट प्रधानले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । श्रेष्ठ सो कार्यक्रममा पनि उपस्थित रहेका थिए ।
उक्त कार्यक्रममा बोल्दै उद्योग वार्णिज्य संघका वस्तुगत तर्फका उपाध्यक्षका उम्मेद्वार हेमराज ढकाले महासंघको मष्तिक वस्तुगत सघं भएको बताएका छन् । समस्या समाधानका लागि आफू लगातार लाग्ने उनको भनाई थियो । उमेशलालको टिमले नै महासंघको साख जोगाउने समेत उनले दाबी गरे ।
त्यस्तै, उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले देशको विकासका लागि उत्पादनमा लगानी गर्नुपर्ने बताएका छन् । विदेशबाट सामान ल्याएर बिक्रि गरेर देशको समृद्धि नहुने उनको भनाई थियो ।































प्रतिक्रिया