एनआईसी बैंकको कर्मचारीमाथि आक्रमण, सिबिफिनको अपत्ति

एनआईसी बैंकको कर्मचारीमाथि आक्रमण, सिबिफिनको अपत्ति

केन्द्रबिन्दु
0
Shares

चैत्र २ गते गण्डकी प्रदेशको म्याग्दी जिल्लामा भएको एनआईसी बैंकको शाखा कार्यालयको कर्मचारीमाथि गरिएको सांघातिक आक्रमणमा परी गंभीर घाइते भएका छन् । घाइते हुनेमा शाखा कार्यालयका प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आले रहेका छन् । 

बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीहरुमाथि आक्रमण गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिने जस्ता अराजक गतिविधि र आक्रमण गर्ने कार्यप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को गंभिर ध्यानाकर्षण भएको जनाइएको छ । उक्त घटनाप्रति आपति जनाउँदै सिबिफिन एक विज्ञप्ती जारी गरेको छ ।  

विज्ञप्तिमा जारी गर्दै सिबिफिनले निहित स्वार्थ पूर्तिका लागि बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादति र निमुखा कर्मचारीको ज्यानै लिने उद्देश्यसहित गरिएको आक्रमणमा संलग्न दोषीलाई कारवाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसमक्ष माग गरेको छ ।

‘वार्ता तथा संवादको माध्यमबाट कुनै पनि समस्याको उचित समाधान निकाल्नका लागि आवश्यक पहल गर्न र बैंकिङ सेवालाई भयरहित वातावरणमा संचालनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउनका लागि नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, मातहतका सुरक्षा निकाय र सम्बन्धित सबैमा बारम्बार अपिल गरिरहेको बखतमा बैंकका कर्मचारीमाथि गरिएका यस्ता निर्मम एवं हिंस्रक घटनाले नेपाल सरकारको शान्ति सुरक्षाको व्यवस्थाको खिल्ली उडाएको र समग्र अर्थव्यवस्थामाथि नै प्रहार भएको अनुभूत भएको छ । विज्ञप्तिमा उल्लेख छ ।’

Skip This
Skip This
Logo