राष्ट्र बैंकद्वारा बैंकहरुलाई घर जग्गा धितोमा ६० प्रतिशतसम्म कर्जा दिन निर्देशन

राष्ट्र बैंकद्वारा बैंकहरुलाई घर जग्गा धितोमा ६० प्रतिशतसम्म कर्जा दिन निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई घर जग्गा धितोमा ६० प्रतिशतसम्म कर्जा दिन निर्देशन दिएको छ ।

राष्ट्र बैंकले सोमबार मौद्रिक नीति कार्यान्वयन सम्बन्धि निर्देशिका जारी गर्दै सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माणको लागि दिने कर्जामा ६० प्रतिशतसम्म कर्जा दिन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रित नीति मार्फत घरजग्गा धितोमा ६० प्रतिशत कर्जा पाइने घोषणा गरेको थियो । त्यही व्यवस्था कार्यान्वयनको लागि बैंकले यस्तो निर्देशन दिएको छ ।

सोमबार जारी गरेको निर्देशिकामा काठमाडौं उपत्यकाभित्रको रियलस्टेट कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालुबीचको अनुपात बढीमा ४० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ५० प्रतिशतसम्म मात्र कायम गर्नु पर्नेछ । तर, नीजि आवासीय घर कर्जा र नियम अनुसार दर्ता भई सञ्चालनमा रहेका नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनीहरुलाई घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा बढीमा ६० प्रतिशतसम्म कायम गर्न सकिनेछ उल्लेख गरिएको छ ।

Skip This
Skip This
Logo